दुर्गा प्रसाईंलाई प्रहरी परिसर पुर्‍याइयो

नेपालभ्युज

दुर्गा प्रसाईंलाई प्रहरी परिसर पुर्‍याइयो

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं पुर्‍याइएको छ ।

प्रसाईंसँगै उनका अङ्गरक्षक दीपक खड्कालाई हिरासतमा लगिएको हो ।

दुई जनालाई आज (शुक्रबार) झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो ।

प्रसाईं यही चैत १५ गते तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका थिए । उनले बिहीबार भारतको आसाम प्रहरीसँग आत्मसमर्पण गरेका थिए । भारतीय प्रहरीले उनलाई काँकडभिट्टा ल्याएर नेपाल प्रहरीलाई बुझाएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved