जापानी राजदूत मेएडा टोरूले गरे केएनपी कारखानाको अवलोकन

नेपालभ्युज

जापानी राजदूत मेएडा टोरूले गरे केएनपी कारखानाको अवलोकन

वीरगन्ज । नेपालका लागि जापानका राजदूत महामहिम मेएडा टोरूले वीरगन्ज महानगरपालिका भ्रमणका क्रममा केएनपी जापान प्रा.लि. कारखानाको अवलोकन गरेका छन् ।

उनलाई केएनपी जापान प्रा.लि.का निर्देशक अशोक कुमार वैद्य र कारखानाका प्रबन्धक प्रवीण जाधव लगायत कारखानाका कर्मचारीहरूद्वारा स्वागत गरिनुका साथै सम्पूर्ण कारखाना अवलोकन गराइएको थियो ।

राजदूतले जापान, भारत र नेपालबीचको संयुक्त सोझदारीमा सञ्चालन रहेको यस बहुराष्ट्रिय संयुक्त लगानीका उद्योगको कार्य प्रणाली तथा गुणस्तरप्रति प्रसन्नता व्यक्त गरे । उनले यस्तो सहयोगात्मक प्रयासले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

राजदूत मेएडा टोरूले यस्ता बहुदेशीय लगानीका उद्योगहरूको प्रतिस्पर्धात्मक अवस्था विकसित गर्न अस्वस्थ्यकर समस्याहरूको समाधान नेपाल सरकारले तदारुकता साथ गर्ने कुरामा आशा व्यक्त गरे ।

उनले हाल नेपालमा सञ्चालनमा रहेका जापानी उद्योगहरूको अनुभवका आधारमा थप लगानीको सम्भावना बढ्ने बताए । यस अघि पनि दुई जना जापानी राजदूतहरूको अवलोकन भ्रमण केएनपी जापान प्रालिमा भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved