सबैभन्दा बढी कर तिर्ने नबिल बैङ्क सम्मानित

नेपालभ्युज

सबैभन्दा बढी कर तिर्ने नबिल बैङ्क सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले नबिल बैङ्क लिमिटेडलाई आफ्नो ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस, २०८१ को अवसरमा आयोजित विशेष कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने बैङ्कका रूपमा सम्मान गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैङ्कका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई उक्त सम्मान पत्र प्रदान गरेका हुन् ।

आर्थिक वर्ष २०७९/८० मा बैङ्क, वित्तीय संस्था र बीमा कारोबार क्षेत्रका तर्फबाट सबैभन्दा बढी कर दाखिला गरी मुलुकको अर्थतन्त्रमा नबिल बैङ्कले पुर्‍याएको योगदानको कदर गर्दै प्रमाणपत्रसहित बैङ्कलाई सम्मान गरिएको हो ।

नेपाल सरकारले पनि यस वर्षको राष्ट्रिय कर दिवसको उपलक्ष्यमा बैङ्क, वित्तीय संस्था र बिमा क्षेत्रका तर्फबाट आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैङ्कका रूपमा नबिल बैङ्कलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो ।

नबिल बैङ्क यसअघि आर्थिक वर्ष २०७९/८०,  आव २०६७/६८, आव २०७०/७१, आव २०७१/७२, आव २०७४, आव २०७५/७६, आव २०७६/७७ र आव २०७७/७८ मा पनि सबैभन्दा बढी कर तिर्ने बैङ्कका रूपमा सम्मानित भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved