रामायण टेलिश्रृङ्खलाका नायक अरुण गोविल नेपालमा

नेपालभ्युज

रामायण टेलिश्रृङ्खलाका नायक अरुण गोविल नेपालमा

काठमाडौं । बहुचर्चित टेलिश्रृङ्खला ‘रामायण’मा रामको भूमिका निर्वाह गरेका अभिनेता अरुण गोविल नेपाल आइपुगेका छन् ।

भारतीय जनता पार्टीका सांसदसमेत रहेका गोविल शुक्रबार नेपाल आइपुगेका हुन् ।

काठमाडौंमा आयोजित हुने जनजाती कल्याण आश्रमको वार्षिकोत्सवमा सहभागी हुन गोविल नेपाल आइपुगेका हुन् ।

दूरदराजका विपन्न बालबालिकालाई निःशुल्क पढाउने गर्छ, उक्त आश्रमले । २०५९ सालदेखि दूरदराजका बालबालिकालाई निःशुल्क पढाउने आश्रमका देशभर ११ वटा छात्रवास छ । यी छात्रवासमा ५ सयभन्दा बढी विद्यार्थी छन् ।

काठमाडौं आइपुगेका गोविल शनिबार जनजाती कल्याण आश्रमको वार्षिकोत्सवमा सहभागी हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved