मकालुमा लेक लागेर चिकित्सकको मृत्यु

नेपालभ्युज

मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
सांकेतिक तस्वीर।

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ डाँडाखर्कमा लेकलागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार आज बिहान तनहुँ भिमाद नगरपालिका–२ का २७ वर्षीय डा आशिष सिग्देलको मृत्य भएको हो ।

मकालु बेसक्याम्प जाने क्रममा चार हजार २०० मिटरमा सिक्देललाई लेक लागेको अनुमान गरिएको प्रनाउ बस्नेतले बताए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।

दुर्गम र भौगोलिक अवस्थाका कारण सिक्देलको शव आइतबार मात्रै खाँदबारी ल्याइसक्ने प्रहरीले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved