भोजपुरमा ट्र्याक्टर दुर्घटना, वडा सदस्यसहित दुईको मृत्यु

नेपालभ्युज

भोजपुरमा ट्र्याक्टर दुर्घटना, वडा सदस्यसहित दुईको मृत्यु
सांकेतिक तस्वीर

भोजपुर। भोजपुर नगरपालिका-३ सेतीबगरमा शनिबार राति भएको ट्र्याक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ ।

भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो।

दुर्घटनामा भोजपुर-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved