दिनहुँ नयाँ रेकर्ड कायम गर्दै सुनको भाउ

नेपालभ्युज

दिनहुँ नयाँ रेकर्ड कायम गर्दै सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुनले दिनहुँ उच्च मूल्यको रेकर्ड कायम गरिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको तुल‍नामा १ हजारले बढेर १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

छापावाल सुन शुक्रबार तोलाको १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved