वर्षको अन्तिम दिन घटेर बन्द भयो सेयर बजार 

नेपालभ्युज

वर्षको अन्तिम दिन घटेर बन्द भयो सेयर बजार 

काठमाडौं । वर्षको अन्तिम दिन आज सेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ८ दशमलव ८४ अङ्कले घटेर २६६१ दशमलव ८६ को विन्दुमा पुगेको छ ।

आइतबार ३२२ कम्पनीका ५४ हजार ३६१ पटकको कारोबारमा एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ रुपैयाँ रहेको छ ।

८८ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनी राताम्मे छन् भने १ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ४ वटा बढ्दा अन्य राताम्मे छन् । आज सीइडीबी होल्डिङ्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved