सर्वोच्चले माग्यो रविलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन

नेपालभ्युज

सर्वोच्चले माग्यो रविलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गरेको छ ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले सो आदेश दिएको हो ।

यही चैत २२ गते उच्च अदालत तुलसीपुरले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो । उक्त आदेशपछि चैत २२ गते नै प्रहरीको नियन्त्रणमा पुगेका उनी हाल पुर्पक्षका लागि थुनामा छन् ।

२९ चैतमा लामिछानेले आफूलाई थुनामा पठाउने आदेश खारेजीको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए । उनका तर्फबाट श्रीमती निकिता पौडेलले निवेदन दर्ता गराएकी थिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved