काठमाडौं । वीरगञ्जमा दुई समुदायबीचको उत्पन्न विवाद समाधान गर्न पाँच बुँदे सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय, पर्सामा ११ घण्टाको लगातार भएको सर्वपक्षीय बैठकपश्चात् वीरगञ्जको विवाद समाधानका लागि उपाय निकालिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको बैठकले घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन र अनुसन्धान गरी कानुनी कारबाही गर्ने सहमति गरेको छ ।
यस्तै अन्तरधार्मिक/साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिवद्ध रही कानुनी कारबाहीको प्रकृयामा सहयोग पुर्याउने सहमति भएको छ ।

उक्त घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने र घटनाबाट भएको क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने भएको छ ।
धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने, सो गरेमा कारबाहीको दायरामा ल्याउने पनि सहमति भएको छ ।
यसैगरी पर्सामा सञ्चालित सबै धार्मिक सङ्घसंस्था र तिनबाट सञ्चालित विद्यालय/मदरसा आदिको सुक्ष्म अनुगमन गरी अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याइने भएको छ ।
हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राका क्रममा शनिबार वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको थियो । त्यसपछि कफ्र्यू लगाइएको छ ।
वीरगञ्जमा लम्बियो कर्फ्यू, यस्तो छ प्रशासनको पछिल्लो सूचना
Facebook Comment
Comment