पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

नेपालभ्युज

पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घ्याम्पे खोलामा आइतबार साँझ लेदोसहितको पहिरो खसेपछि उक्त राजमार्ग अवरुद्ध भएको हो ।

लेदोका कारण अहिले दुवैतर्फी बाटो अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसले गर्दा पूर्व जाने र काठमाडौंं फर्किने सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।

पहिरो रोकिएपछि लेदो पन्छाउने काम सुरु हुने प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved