बिस्का जात्राको चौथो दिन : कुम्हाले टोलमा ठड्याइयो हात नभएको लिङ्गो (तस्वीरहरू)

नेपालभ्युज

बिस्का जात्राको चौथो दिन : कुम्हाले टोलमा ठड्याइयो हात नभएको लिङ्गो (तस्वीरहरू)
तस्वीरहरू : रासस
भादगाउँ । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको चौथो दिन आइतबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह योसिद्यः (हात नभएको लिङ्गो) ठड्याइएको छ ।
त्यसैगरी आइतबार साँझ यसीँख्यमा ५५ हात लामो योसिद्यः ठड्याइएको छ ।
पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने योसिद्यःको टुप्पोमा प्रसादको रुपमा हरियो घाँस र फूल राखिन्छ ।
प्रत्येक वर्ष चैत्र मसान्तका दिन  योसिद्यः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्राअन्तर्गत योसिद्यःको जात्रा सम्पन्न हुन्छ ।
योसिद्यःलाई वैशाख १ गते साँझ तान्त्रिक विधिपूर्वक पूजा गरी ढाल्ने परम्परा छ । जात्राको सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थानले जनाएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved