मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं । गोरखामा एक युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

काठमाडौंबाट गोरखा आउँदै गरेको बा८८प ९७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भीमसेनथापा गाउँपालिका–६ अश्राङका २४ वर्षीय केशव पाण्डेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सरोज पाण्डेले जानकारी दिए ।

गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरास्थित सडकमा पल्टेर मोटरसाइकल दुर्घटना भएको थियो ।

मोटरसाइकलको पछाडि सिटमा बस्ने अश्राङकै १८ वर्षीय रवीन पाण्डेको गोरखा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौँ वीरअस्पतालमा पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved