सुनसरीमा गोली प्रहारबाट दुईजना घाइते, एकको अवस्था ‘गम्भीर’

नेपालभ्युज

सुनसरीमा गोली प्रहारबाट दुईजना घाइते, एकको अवस्था ‘गम्भीर’
प्रतीकात्मक तस्वीर ।

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा सोमबार साँझ गोली प्रहार हुँदा दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा देवानगञ्ज–२ का २४ वर्षीय रवीन्द्र यादव र १ का शिवुकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।

अपरिचित व्यक्तिको गोली लागेर घाइते भएका यादवको अवस्था सामान्य रहेको र उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्का घाइते मेहताको अवस्था गम्भीर भएकाले विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved