मधेसमा आज सार्वजनिक बिदा

नेपालभ्युज

मधेसमा आज सार्वजनिक बिदा

जनकपुरधाम । तराई–मधेसमा आज जुडशीतल पर्व मनाइँदैछ । घरपरिवारका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने चलन रहिआएको छ ।

यस पर्वका अवसरमा मधेस प्रदेश सरकारले आज (मङ्गलबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

यसैबीच मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जुडशीतल पर्वले सामाजिक सद्भाव, स्वास्थ्य र पर्यावरणीय चेतनाको सन्देश दिने बताएका छन् ।

मुख्यमन्त्री सिंहद्वारा जारी शुभकामना सन्देशमा जुडशीतल पर्वलाई धार्मिक, सांस्कृतिक र वैज्ञानिक दृष्टिकोणले महत्वपूर्ण पर्वको रुपमा उल्लेख गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved