सिरुवा पर्वको अवसरमा कोशीमा सार्वजनिक बिदा

नेपालभ्युज

सिरुवा पर्वको अवसरमा कोशीमा सार्वजनिक बिदा

इटहरी । कोशी प्रदेश सरकारले आज (मङ्गलबार) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले अतिरिक्त बिदाका रुपमा सिरुवा पर्वको अवसरमा प्रदेश राजपत्रमा नै प्रकाशन गरी प्रदेशभरि सार्वजनिक बिदा दिएको हो ।

खासगरी तराईमा बस्ने आदिवासी समुदायले मनाउने सिरुवा पर्व नयाँ वर्षकै दिनदेखि सुरु हुन्छ । वैशाख १ गतेदेखि सुरु हुने यो पर्व तीन दिनसम्म चल्ने गरेको छ । कसै कसैले भने चैत्रको परिकार वैशाख (एक वर्षको) खाएर पनि पर्वलाई समापन गर्ने गर्दछन् ।

विराटनगरका अगुवा प्रदीप विश्वासका अनुसार शिरमा आफूभदा सानालाई चैत्रमै राखिएको पानी वैशाखको १ गते राखेर आशीर्वाद दिने र सानाले ठूलाको गोडामा राखेर आशीर्वाद लिने गर्दछन् ।

मुख्यरुपमा पानी शिरमा राखेर नयाँ वर्षको सुरुवात गर्नुलाई सिरुवाका रुपमा लिने गरिन्छ । यसैगरी सिरुवामा जडिसुतल खेल्ने, रङ्ग खेल्ने परम्परा पनि रही आएको छ ।

सिरुवाका अवसरमा शुभकामना सन्देश जारी गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार सबै मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण सम्बर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved