सिन्दुर जात्राको रमझम (तस्वीरहरू)

नेपालभ्युज

सिन्दुर जात्राको रमझम (तस्वीरहरू)

काठमाडौं । भक्तपुरको मध्यपुर थिमिका बासिन्दाले आज (मङ्गलबार) सिन्दुर जात्रा मनाएका छन् ।

नयाँ वर्षको भोलिपल्ट मध्यपुर थिमि क्षेत्रका बासिन्दाले हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाएका हुन् ।

बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो । यो जात्रामा मानिसहरु एक आपसमा सिन्दुर छ्यापेर बाजागाजा तथा नाचगानसहित मनाउछन् ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई उमङ्गका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाउँछन् । जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी भइ मनाउँछन् । सिन्दुर जात्रा मध्यपुर थिमिको सबैभन्दा ठूलो जात्रा हो ।

  

तस्वीर – नेपाल न्युज बैङ्क


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved