कक्षा ११ का विद्यार्थीलाई निःशुल्क शिक्षा दिने परशुराम नगरपालिकाको घोषणा

नेपालभ्युज

कक्षा ११ का विद्यार्थीलाई निःशुल्क शिक्षा दिने परशुराम नगरपालिकाको घोषणा

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाले कक्षा ११ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई अबदेखि निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेको छ ।

नगरपालिकाले कक्षा ११ को सम्पूर्ण शुल्क आफैँ व्यहोर्ने निर्णय गरेको हो ।

यो योजना आगामी आर्थिक वर्षदेखि कक्षा १२ सम्म विस्तार गर्दै लैजाने तयारी भइरहेको मेयर भरत बडायर जोशीले जानकारी दिए ।  “शिक्षा सबैका लागि पहुँचयोग्य बनाउने हाम्रो अभियानलाई निरन्तरता दिनेछौँ,” उनले भने ।

नयाँ वर्ष २०८२ को अवसरमा उनले सम्पूर्ण नगरबासिन्दालाई हार्दिक शुभकामना व्यक्त गर्दै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै जाने प्रतिबद्धतासमेत जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved