छविलाल जोशीको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश

नेपालभ्युज

छविलाल जोशीको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश

काठमाडौं । सर्वोच्‍च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले छविलाई उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो ।

बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपित जोशीले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखी सर्वोच्चमा निवेदन दिएका थिए ।

यसअघि चैत ३१ गते नै सर्वोच्चका न्यायधीश टेकप्रसाद ढुङ्गानाले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउनुको आधार कारण माग गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved