आईपीएल

झिनो लक्ष्य दिनका बाबजुद कोलकातामाथि पञ्जाबको सनसनीपूर्ण जित

नेपालभ्युज

झिनो लक्ष्य दिनका बाबजुद कोलकातामाथि पञ्जाबको सनसनीपूर्ण जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ मा पञ्जाब किङ्ग्सले कोलकाता नाइडर्समाथि सनसनीपूर्ण जित हासिल गरेको छ ।

महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्गलबार राति झिनो लक्ष्य दिनका बाबजुद घरेलु टोली पञ्जाबले १६ रनको जित हासिल गरेको हो ।

पञ्जाबले दिएको ११२ रनको झिनो लक्ष्य कोलाकाताले भेट्टाउन सकेन । कोलकाता १५.१ ओभरमै सबै विकेट गुमाएर ९५ रनमा सीमित भयो ।

कोलकाताका अङ्क्रिश रघुवंशीले सर्वाधिक ३७ रन बनाए । अन्य ब्याटरले २० रन पनि कटाउन सकेनन् ।

पञ्जाबका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । युजवेन्द्र चहलले सर्वाधिक ४ तथा मार्को जनसनले ३ विकेट लिए । चहल खेलको उत्कृष्ट खेलाडी घोषित भए ।

यसअघि टस जितेर ब्याटिङ गरेका पञ्जाब १११ रनमा अलआउट भएको थियो । पभसिमरन सिंहले सर्वाधिक ३० रन बनाउनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

पञ्जाबका स्टार अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेलको खराब लय जारी रह्यो। उनले कोलकाताविरुद्ध १० बलमा मात्र ७ रन बनाए। जारी सिजनमा म्याक्सवेलले अहिलेसम्म कुनै अर्धशतकीय पारी खेल्न सकेका छैनन्।

कोलाकाताका हर्षित राणाले सर्वाधिक ३ विकेट लिएका थिए ।

यो जितसँगै पञ्जाब १० टोलीसम्मिलित लिगको चौथो स्थानमा उक्लिएको छ । यो प्ले अफ स्थान हो । पञ्जाबले ६ खेलमा ४ जितसकित ८ अङ्क बनाएको छ । यसअघि पञ्जाब छैटौं स्थानमा सीमित थियो ।

हारसँगै कोलकाता भने पाचौँबाट छैटौँ स्थानमा झरेको छ । उसले ७ खेलमा ३ जित र ४ हार बेहोर्दै ६ अङ्क जोडेको छ ।

लखनऊमाथि जितका बाबजुद चेन्नई अझै अङ्क तालिकाको पुछारमा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved