इजरायलले हतियार त्याग्न गरेको प्रस्ताव हमासद्वारा अस्वीकार

नेपालभ्युज

इजरायलले हतियार त्याग्न गरेको प्रस्ताव हमासद्वारा अस्वीकार

काठमाडौं । गाजामा ६ हप्ताको युद्धविरामको बदलामा हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । यो जानकारी एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले दिएका हुन् ।

इजरायलको योजनाले युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता नदेखाएको ती अधिकारीको आरोप छ ।

‘प्रस्तावमा हमासका मुख्य मागहरूबारे कुनै सम्बोधन थिएन । बदलामा, हमासद्वारा बन्धक बनाइएका आधालाई रिहा गर्न भनियो,’ ती अधिकारीले बीबीसीसँग भने ।

गाजामा इजरायलीको सैन्य कारबाही जारी रहेका बेला हमासलाई यस्तो प्रस्ताव आएको हो ।

हालै गाजाको खान युनिसमा रहेको एक फिल्ड अस्पतालमा हवाई आक्रमण भएको थियो । यसमा एक सुरक्षा गार्डको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । यसैबीच, इजरायली सेनाले यसमा हमासका एक नेता मारिएको बताएको छ ।

यसै परिपेक्षमा संयुक्त राष्ट्रसङ्घको एक निकायले युद्ध सुरु भएदेखि १८ महिनामा गाजामा मानवीय अवस्था सबैभन्दा खराब अवस्थामा पुगेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved