छत्तीसगढमा प्रहरीसँगको मुठभेडमा परी दुई माओवादी विद्रोहीको मृत्यु

नेपालभ्युज

छत्तीसगढमा प्रहरीसँगको मुठभेडमा परी दुई माओवादी विद्रोहीको मृत्यु
फाइल तस्वीर

काठमाडौं । भारतको छत्तीसगढस्थित कोंडागाउँ जिल्लामा प्रहरीसँगको मुठभेडमा परी दुई माओवादी विद्रोहको मृत्यु भएको छ ।

भारतीय प्रहरीले क्षेत्रमा खोजी अभियान चलाइरहेको मुठभेड भएको हो ।

घटनास्थलबाट ठूलो मात्रामा हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ ।

गत वर्ष डिसेम्बरमा राज्य सरकारले बस्तरको कोंडागाउँलाई पूर्णरुपमा माओवादीमुक्त जिल्ला घोषणा गरेको थियो ।

छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साईले केन्द्रीय गृहमन्त्री अमित शाहलाई भेटेर यसबारे जानकारी पनि गराएको बीबीसी हिन्दीको समाचारमा जनाइएको छ ।

बस्तरका प्रहरी महानिरीक्षक सुन्दरराज पीले मङ्गलबार साँझ संदिग्ध माओवादीहरूसँगको भिडन्त सुरु भएको बताए ।

‘कोंडागाउँ र नारायणपुर जिल्लाको सीमानामा रहेको किलम–बरगमको जङ्गलमा माओवादीहरूको उपस्थितिको सूचना आयो । कोंडागाउँ जिल्ला रिजर्भ गार्ड र बस्तर फाइटरको टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको थियो । जहाँ साँझ संदिग्ध माओवादीहरूसँगको भिडन्त सुरु भएको थियो,’ पछिल्लो भिडन्तको घटनाबारे उनले भने ।

प्रहरीका अनुसार मुठभेडस्थलबाट अहिलेसम्म दुई माओवादीको शव बरामद गरिएको छ । तीमध्ये एक जना पूर्वी बस्तरका माओवादी कमान्डर हलदर रहेको पहिचान भएको छ । जसको टाउकोको मूल्य ८ लाख भारतीय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै, मारिएका दोस्रो माओवादी रामेको रूपमा पहिचान गरिएको छ । प्रहरीका अनुसार रामेमाथि ५ लाख भारु इनाम तोकिएको थियो ।

प्रहरीले मुठभेडस्थलबाट एके–४७ र अन्य हतियार, विस्फोटक पदार्थ र अन्य सामग्री बरामद गरेको बताएको छ ।

छत्तीसगढमा माओवादीहरूविरुद्ध विगत १४ महिनादेखि सघन कारबाही भइरहेको छ, जसमा ठूलो सङ्ख्यामा माओवादीहरू मारिएका छन् ।

केन्द्र सरकारले मार्च ३१ सम्ममा छत्तीसगढ र देशबाट माओवादीहरूलाई पूर्णरुपमा उन्मूलन गर्ने लक्ष्य राखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved