प्रजातन्त्र सेनानी श्रेष्ठको निधन, काङ्ग्रेस सभापति देउवाद्वारा समवेदना व्यक्त

नेपालभ्युज

प्रजातन्त्र सेनानी श्रेष्ठको निधन, काङ्ग्रेस सभापति देउवाद्वारा समवेदना व्यक्त

काठमाडौं । प्रजातन्त्र सेनानी मोतिकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी नेपाली काङ्ग्रेसका नेता श्रेष्ठको मङ्गलबार राति काठमाडौंमा निधन भएको हो ।

विसं २००७ को जनक्रान्तिमा बन्दीपुरमा भएको सङ्घर्षमा उनले अग्रपङ्क्तिमा रहेर काम गरेका थिए । श्रेष्ठको आजै (बुधबार) पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

यसैबीच, काङ्ग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved