सरकारको प्रवृत्ति समर्थन योग्य छैन : विश्वप्रकाश शर्मा

नेपालभ्युज

सरकारको प्रवृत्ति समर्थन योग्य छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको प्रवृत्ति समर्थनका लागि लायक नभएको टिप्पणी गरेका छन् ।

सरकारले कार्यशैली बदल्नुपर्ने उनको भनाइ छ ।

शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, “नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा विलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन । मुख्य दुई दल सम्मिलित सरकारको गति संतोषजनक भएन ।”

उनले सरकारको निरन्तरताका लागि कमजोरी केलाउन, लय मिलाउन र गति बढाउन प्रस्ताव गरेका छन् । सरकार चल्नुपर्ने तर कार्यशैली बल्नुपर्ने बताएका छन् ।

उनले थप लेखे, “कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ । सरकार अलमल बाहिर, अनुभूतिमा भेटिनुपर्छ । सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ !”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved