कुकुरलाई झुन्ड्याएर कुटपिट गरी मार्ने दुई जना पक्राउ

नेपालभ्युज

कुकुरलाई झुन्ड्याएर कुटपिट गरी मार्ने दुई जना पक्राउ

काठमाडौं । रोल्पाको लुंग्री गाउँपालिका-७ हार्जङ क्वाछिवाङमा एउटा कुकुरलाई रुखमा झुन्ड्याएर कुटपिट गरी मारेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

कुकुरलाई निर्दयतापूर्वक मारेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्ने सुन्दर परियार र डम्मर पुनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गर्न रोल्पा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved