काठमाडौं । आईपीएल (IPL) २०२५ को ४०औं खेलमा लखनऊ सुपर जायन्ट्स (एलएसजी) र दिल्ली क्यापिटल्स (डीसी) भिड्दैछन् ।
खेल लखनऊको भारत रत्न श्री अटल बिहारी वाजपेयी एकाना रङ्गशालामा नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ । दुवै टोली जारी सिजनमा दोस्रो पटक आमनेसामने हुन लागेका हुन् ।
सिजनमा लखनउ ८ खेलमा ५ जितसहित अङ्क तालिकामा ५औं स्थानमा छ । उत्कृष्ट लयमा रहेको दिल्लीले ७ मध्ये ५ खेल जितेको छ । दिल्ली १० अङ्कसहित अङ्क तालिकामा दोस्रो स्थानमा छ । प्लेअफको हिसाबले यो लखनऊको लागि महत्त्वपूर्ण खेल हो ।
हेड टू हेडमा बराबर
लखनऊ र दिल्लीले अहिलेसम्म एकअर्काविरुद्ध ६ खेल खेलेका छन् । लखनऊले ३ खेलमा जित हासिल गरेको छ भने दिल्लीले उत्तिकै खेलमा जित हासिल गरेको छ ।
यस सिजन मार्च २२ मा दिल्लीले लखनऊलाई एक विकेटले पराजित गरेको थियो । लखनऊ यो खेल जितेर आफ्नो पहिलो हारको बदला लिन चाहन्छ ।
जारी सिजनमा लखनऊका निकोलस पूरन उत्कृष्ट फर्ममा छन् । उनले प्रतियोगितामा खेलेका ८ खेलमा लगभग ५३ को औसतमा ३६८ रन बनाएका छन् । यस अवधिमा पूरनको स्ट्राइक रेट २०० भन्दा माथि रह्यो ।
कप्तान ऋषभ पन्तको फर्म टोलीको लागि चिन्ताको विषय हो । उनले अहिलेसम्म ८ खेलमा केवल १०६ रन बनाएका छन्, जसमा ६३ रनको इनिङ समावेश छ । उनको स्ट्राइक रेट ९८ रहेको छ ।
बलिङमा शार्दुल ठाकुरले सर्वाधिक १२ विकेट लिएका छन् । टोलीमा दिग्वेश राठी, रवि बिश्नोई, आवेश खान जस्ता उत्कृष्ट बलर पनि छन् ।
दिल्लीका लागि चाइनाम्यान स्पीनर कुलदीप यादवले सबैभन्दा धेरै १२ विकेट लिएका छन् । टोलीमा मिचेल स्टार्क, कुलदीप यादव, विपराज निगम र मुकेश कुमारजस्ता गुणस्तरीय बलरहरू छन् ।
बलिङमा कप्तान अक्षर पटेलले केवल एक विकेट मात्र लिन सके । तर उनले महत्त्वपूर्ण अवसरहरूमा राम्रो ब्याटिङ गरेका छन् । अक्षरले १५९ को स्ट्राइक रेटमा १४० रन बनाएका छन् ।
केएल राहुल ब्याटिङमा राम्रो लयमा छन् । उनले टोलीका लागि सबैभन्दा धेरै २६६ रन बनाएका छन् । यसमा उनको ९३ रनको म्याच-विनिङ अविजित इनिङ पनि समावेश छ ।
टोलीका ओपनरहरूको फर्म अहिलेसम्म खासै खास भएको छैन । दिल्लीले ओपनरको रूपमा फाफ डु प्लेसिस, जेक फ्रेजर-म्याकगर्क, अभिषेक पोरेल र करुण नायरलाई प्रयास गरेको छ ।
पिच रिपोर्ट
एकाना रङ्गशालाको पिच ब्याटिङमैत्री छ । यस रङ्गशालामा हालसम्म १८ वटा आईपीएल खेल भइसकेका छन् । यहाँ पहिले ब्याटिङ गर्ने टोलीले ८ खेल जितेको छ भने पछ्याउने टोलीले ९ खेल जितेको छ । जबकि एउटा खेल अनिर्णीत रह्यो ।
सम्भावित प्लेइङ-१२
लखनऊ : ऋषभ पन्त (विकेटकिपर), एडेन मार्कराम, मिचेल मार्श, निकोलस पूरन, आयुष बडोनी, अब्दुल समद, डेभिड मिलर, शार्दुल ठाकुर, आवेश खान, दिग्वेश सिंह राठी, रवि विश्नोई, प्रिन्स यादव ।
दिल्ली : अक्षर पटेल (कप्तान), अभिषेक पोरेल, करुण नायर, केएल राहुल (विकेटकिपर), ट्रिस्टन स्टब्स, आशुतोष शर्मा, विपराज निगम, मिचेल स्टार्क, कुलदीप यादव, मोहित शर्मा, मुकेश कुमार, डोनोभान फरेरा ।
Facebook Comment
Comment