काठमाडौं । नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई अपिल गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नरोक्ने निर्णय गरेपछि महासङ्घले विज्ञप्ति जारी गर्दै यस्तो भनेको हो ।
“काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन,प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्र.अ. तथा शिक्षक-कर्मचारी साथीहरुमा जोडदार आग्रह गर्दछौ । त्यसैगरी २०८२ बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरुमा अपील गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिन विद्यार्थी, अभिभावक, वि.व्य.स., गाउँरनगरपालिका तथा सबै शैक्षिक सरोकार पक्षलाई अनुरोध गरेका छन् ।
Facebook Comment
Comment