घट्यो सेयर बजार, १६० कम्पनी राताम्मे

नेपालभ्युज

घट्यो सेयर बजार, १६० कम्पनी राताम्मे

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ९ दशमलव ९६ अङ्कले घटेर २६८८ दशमलव ३२ को विन्दुमा पुगेको छ ।

मंगलबार ८६ कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ । ३१९ कम्पनीको ७१ हजार ६९४ पटकको कारोबारमा २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार १८८ रुपैयाँ रहेको छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । त्यस्तै, कर्पोरेट विकास बैङ्कका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved