जम्मू–कश्मीर आक्रमण : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, मोदीले छोट्याए साउदी भ्रमण

नेपालभ्युज

जम्मू–कश्मीर आक्रमण : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, मोदीले छोट्याए साउदी भ्रमण

पहलगाम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरेबियाको भ्रमण छोट्याउने निर्णय गरेका छन् । उनी आज (बुधबार) भारत फर्कने छन् ।

यो आक्रमण २२ अप्रिल सन् २०२५ मा बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतङ्ककारीहरूले पर्यटक, स्थानिय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटनामा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन् । जसमा २२ जना भारतीय पर्यटक, दुई स्थानीय नागरिक र एक नेपाली र एक यूएईका नागरिक रहेका छन् । नेपाली नागरिको नाम सन्दीप न्यौपाने रहेको छ । आक्रमणबाट थप ३६ जना घाइते भएका छन्।

यस आतङ्कवादी हमलाको जिम्मेवारी लश्कर–ए–तैयबा नामक पाकिस्तानस्थित आतङ्कवादी समूहको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको छ।

प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने र आतङ्कवादविरुद्ध सरकारको अडान अझ कडा हुने स्पष्ट सन्देश दिएका छन् ।

यस घटनापछि गृहमन्त्री अमित शाहले सुरक्षा स्थिति मूल्याङ्कन गर्न श्रीनगर पुगेका छन् ।

जम्मू–कश्मीरमा पर्यटकमाथि आक्रमण : मृत्यु हुनेको सङ्ख्या एक नेपालीसहित २४ पुग्यो

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved