भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना : चालकसहित तीन जनाको मृत्यु

नेपालभ्युज

भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना : चालकसहित तीन जनाको मृत्यु
सांकेतिक तस्वीर

दिपायल । डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक बुधबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनाबाट चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो । मृतक दुई जनाको सनाखत हुन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved