काठमाडौं । पाकिस्तानले भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी घटनासँग आफ्नो कुनै सम्बन्ध नभएको जनाएको छ ।
पहलगाम आक्रमणका बारेमा पाकिस्तानको एक समाचार च्यानलसँग कुरा गर्दै त्यहाँका रक्षामन्त्री ख्वाजा आसिफले यो भारतको आन्तरिक मामिला भएको बताएका हुन् ।
‘यस आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध छैन । यो भारतको आन्तरिक मामिला हो,’ उनले भने ।
यसैबीच पाकिस्तानी सरकारले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ ।
‘जम्मू–कश्मीरको अनन्तनाग जिल्लामा भएको आक्रमणमा पर्यटकहरूको मृत्यु भएकोमा हामी गहिरो दुःखी छौं । हामी मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दछौं र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
पहलगाममा मङ्गलबार साँझ भएको आतङ्कवादी आक्रमणमा परी कम्तीमा २६ जनाको ज्यान गएको छ । जसमा एक नेपाली सुदीप न्यौपानेले पनि ज्यान गुमाएका छन् ।
जम्मू–कश्मीरमा भएको जघन्य आतङ्कवादी हमलाबाट हामी दुःखी भएका छौं : परराष्ट्रमन्त्री राणा
Facebook Comment
Comment