छाता ओढेर शिक्षकहरू आन्दोलनमा (तस्वीरसहित)

छाता ओढेर शिक्षकहरू आन्दोलनमा (तस्वीरसहित)

काठमाडौं । शिक्षकहरूले २२ दिनदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन् ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन पछिल्ला दिनमा थप आक्रामक हुँदै गइरहेको छ । गर्मी बढेसँगै उनीहरु छाता ओढेर सडकमा विरोध प्रदर्शन गरिरहेका छन् ।

२२ दिनदेखि शिक्षकहरूको राजधानीकेन्द्रित सडक आन्दोलन बुधबार पनि जारी राखेका छन् । शिक्षकहरुले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् ।

शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् । उनीहरुले कक्षा १२ को परीक्षामा संलग्न नहुने घोषणा गरिसकेका छन् ।

हेरौँ तस्वीर –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved