काठमाडौं । वाटा (डब्ल्यूएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली जापानको ओसाका प्रस्थान गर्ने भएको छ ।
अप्रिल २५ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा ग्योरोगी र पुम्सेमा प्रतिस्पर्धा गर्न टोली बिहीबार जापान जान लागेको हो ।
३० केजीमुनि हृदयणी बस्नेत, ३४ केजीमुनि जोलिना बस्नेत, २४ केजीमुनि सोहन पाठक, यु–१२ एकल पुम्सेमा सक्षम श्रेष्ठ र यु–१४ एकल पुम्सेमा आश्रय उपाध्यायले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सरोज तामाङ छन् ।
१३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता काजल श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछिन् । काजलले यसै प्रतियोगिताको २०औं संस्करणमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतले एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
Facebook Comment
Comment