‘प्रधानन्यायाधीशले पूर्वराजा भेटेको’ समाचारविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाइ सकियो

नेपालभ्युज

‘प्रधानन्यायाधीशले पूर्वराजा भेटेको’ समाचारविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाइ सकियो

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी प्रकाशित समाचारविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ ।

न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा बुधबार सुनुवाइ सकिएको हो ।

सर्वोच्चमा कार्यरत नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले उक्त समाचार प्रकाशन गर्ने नेपाली पेन अनलाइन पत्रिकालाई विपक्षी बनाउँदै मङ्गलबार मुद्दा दायर गरेका थिए ।

उक्त अनलाइनमा सोमबार ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे ?’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । यद्यपि, उक्त समाचार हाल वेबसाइटबाट हटाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved