संसद्ले आगामी अधिवेशनमा शिक्षा र बजेट विधेयकलाई प्राथमिकता दिने

नेपालभ्युज

संसद्ले आगामी अधिवेशनमा शिक्षा र बजेट विधेयकलाई प्राथमिकता दिने

काठमाडौं । प्रमुख सचेतकहरूको बैठकले संसद् शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिन सञ्चालन गर्ने निर्णय गरेको छ ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले संसद्‌मा चाप बढेकाले कार्यसूचीलाई प्रभावकारी बनाउन यस्तो निर्णय लिइएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौताले जानकारी दिए ।

बैठकमा सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरूको दबाब बढेकाले संसद्‌लाई नियमित रुपमा सञ्चालन गर्नुपर्ने बताएका थिए । बैठकले सो प्रस्ताव अनुमोदन गर्दै सोही अनुरूपको कार्यतालिका वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

घिमिरेले विद्यालय शिक्षा विधेयकलाई उच्च प्राथमिकता दिइनुपर्ने बताए । उनका अनुसार शिक्षकहरूले समेत ऐनविना परीक्षा नलिने अडान लिएकाले विधेयक छिटो पास गर्नु जरुरी भएको छ ।

उपसमितिले वैशाख २३ भित्र प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाइसकेकाले संसद्‌ले सोही आधारमा विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउनेछ ।

साथै, निजामति विधेयक पनि समितिबाट आउने चरणमा रहेको र नीति तथा कार्यक्रम तथा बजेटका प्राविधिक सीमालाई ध्यानमा राख्दै यस अधिवेशनमै पारित गर्ने तयारीमा संसद् जुटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved