पहिरोले कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

नेपालभ्युज

पहिरोले कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

खाँदबारी । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ ।

मकालु गाउँपालिका–३ आलफाट्टेमा बुधबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिए ।

मङ्गलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो ।

उनका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved