युक्रेनको कामदार ओसारपसार गर्ने बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु

नेपालभ्युज

युक्रेनको कामदार ओसारपसार गर्ने बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु

किभ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमलामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । यस्तै दर्जनौँ घाइते भएको त्यहाँका गभर्नरले बुधबार बताएका छन् ।

‘दक्षिणपूर्वी सहर मार्गानेट्समा ‘शत्रुको आक्रमणबाट नौ जनाको ज्यान गयो,’ गभर्नर सेर्गी लिसाकले टेलिग्राममा लेखे, ‘घाइतेको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ ।’ उनले हाल घाइतेको सङ्ख्या ३० पुगेको जानकारी दिए ।

युक्रेनी अधिकारीहरूले रुसी आक्रमणपछि धेरै क्षेत्रमा आगलागी भएको पनि रिपोर्ट गरेका छन् ।

किभ, खार्किभ, पोल्टावा र ओडेसाका क्षेत्रहरूमा पनि आक्रमण भएको रिपोर्ट गरिएको छ ।

रुसमा बेलगोरोड क्षेत्रमा भएको गोलाबारीमा एक जना घाइते भएको बताइएको छ ।

तीन वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली देशका दूतहरूले बुधबार बेलायतमा नयाँ चरणको वार्ता गर्ने क्रममा आक्रमण भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved