माओवादी केन्द्रले भन्यो – सरकार असफल भइसक्यो, सत्तामा रहने नैतिक अधिकार छैन

नेपालभ्युज

माओवादी केन्द्रले भन्यो – सरकार असफल भइसक्यो, सत्तामा रहने नैतिक अधिकार छैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सरकार पूर्णरुपमा असफल भएको बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्नीप्रसाद सापकोटाले केपी शर्मा ओली सरकारलाई एक दिन पनि सरकारमा बस्ने नैतिक अधिकार नभएको बताए ।

उनले भने, “यो सरकार सम्पूर्ण रुपमा असफल भइसक्यो, एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन । यो गठबन्धन अप्राकृतिक, अपार्दशी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।”

सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेताहरुले नै सरकारको विरोध गरिरहेको सापकोटाको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved