जम्मू-कश्मीर हमला : हिमाङ्शीको बिलौना ‍- यो मुस्लिम होइन भन्दै श्रीमान्‌लाई गोली हाने

नेपालभ्युज

जम्मू-कश्मीर हमला : हिमाङ्शीको बिलौना ‍- यो मुस्लिम होइन भन्दै श्रीमान्‌लाई गोली हाने

काठमाडौं । भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवाल मारिएपछि उनकी पत्नी हिमांशी विक्षिप्त भएकी छन् ।

उनीहरुले यही अप्रिल १६ मा बिहे गरेका थिए । उनीहरू हनिमुन मनाउन सोमबार कश्मीरको पर्यटकीय क्षेत्र पहलगाम पुगेका थिए । तर, त्यसको भोलिपल्ट मङ्गलबार आतङ्ककारीको आक्रमणमा विनय मारिए ।

सँगै रहेकी पत्नी हिमाङ्शी भने सुरक्षित रहिन् ।

आफ्नै आँखाअगाडि आतङ्काकारीले गोली हानेर पतिको हत्या गरेपछि उनी ठूलो पीडामा परेकी छन् ।

उनका बिलौना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । “म श्रीमान्‌सँग भेलपुरी खाइरहेकी थिएँ । एकजना मान्छे आयो र यो मुस्लिम होइन भन्दै गोली हान्यो,” उनी भन्छिन् ।

यो आघातबाट आफू अब कहिल्यै बाहिर निस्कने सक्ने हो कि होइन पनि हिमांशी बताउँछिन् ।

हिमाङ्शी गुरुग्रामकी बासिन्दा हुन् र पीएचडी गरिरहेकी छिन् । उनका बुवा जीएसटीमा सुपरिटेन्डेन्ट हुन् र हजुरबुवा प्रहरीबाट अवकाशप्राप्त हुन् ।

जम्मू–कश्मीर हमला : बिहेको ६ दिनमै टुट्यो विनय र हिमाङ्शीको यात्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved