मोदीलाई ओलीको फोन – आतङ्कवादविरुद्ध भारतलाई साथ छ

नेपालभ्युज

मोदीलाई ओलीको फोन – आतङ्कवादविरुद्ध भारतलाई साथ छ
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन् ।

कुराकानीमा उनले जम्मू-कश्मीरमा भएको हमलाप्रति दु:ख व्यक्त गरेका छन् ।

उनले मोदीसँगको छलफलका क्रममा आतङ्कवादी हमलमा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै यस्ता कार्यविरुद्ध नेपालको ऐक्यबद्धता रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा ओलीले लेखेका छन् “मैले उहाँ (मोदी) सँग कुरा गरेँ र पहलगाम आतङ्कवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरेँ । यस्ता जघन्य कार्यविरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्‍याएँ ।”

पहलगाममा मङ्गलबार भएको हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved