सरकारका प्रवक्ता गुरुङ भन्छन् – शिक्षामन्त्रीको राजीनामाबारे जानकारी छैन

नेपालभ्युज

सरकारका प्रवक्ता गुरुङ भन्छन् – शिक्षामन्त्रीको राजीनामाबारे जानकारी छैन

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको राजीनामाबारे सरकारलाई कुनै जानकारी नभएको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

भट्टराई अस्वस्थ भएकोले मन्त्रिपरिषद् बैठकमा उपस्थित नभएको गुरुङको भनाइ छ ।

उनले भने, “शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने विषय सरकारको जानकारीमा छैन । राजीनामा दिएको भए सरकारका प्रवक्ता र मन्त्रिपरिषद्लाई थाहा हुन्थ्यो। आजसम्म उहाँले राजीनामा दिनुभएको हामीलाई जानकारी छैन। उहाँ सम्भवतः अस्वस्थ हुनुहुन्छ, त्यसैले उपस्थित हुन नसक्नुभएको हो।”

गुरुङले थपे, “बिरामी भइरहेपछि क्वाटरमा पनि किन बसिरहने भनेर होला ? उहाँले क्वाटर छाड्नुभएको होला ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved