सेयर बजारमा भारी गिरावट 

नेपालभ्युज

सेयर बजारमा भारी गिरावट 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ३८ अङ्कले घटेर २६५५ दशमलव ९४ को विन्दुमा पुगेको छ ।

बुधबार ३०८ कम्पनीका ६४ हजार १४० पटकको कारोबारमा एक करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ रहेको छ ।

२८ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज राधी विद्युत् कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved