काठमाडौं । रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा नेकपा एमालेका समानुपातिक सांसद पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन्।
शीतलनिवास स्रोतका अनुसार नवनियुक्त मन्त्री पन्तको शपथ ग्रहण बिहीबार हुने तय भएको छ। यद्यपि, शपथको समय भने निर्धारण भइसकेको छैन।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेकी विद्या भट्टराईले गत वैशाख ८ गते आफ्नो पदबाट राजीनामा दिएकी थिइन्। उनले प्रधानमन्त्रीबाट असहयोग भएको र काम गर्न असहज भएको जस्ता कारणहरू उल्लेख गरेकी थिइन्। तर, प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उनले आफ्नो स्वास्थ्य अवस्थालाई कारण देखाएकी थिइन्।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन् । काङ्ग्रेसका सांसदसमेत रहेका तामाङले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा उभिएर उनको बर्खास्तीविरुद्ध बोलेका थिए ।

Facebook Comment
Comment