भारतका ऊर्जामन्त्री खट्टर र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट

नेपालभ्युज

भारतका ऊर्जामन्त्री खट्टर र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट

काठमाडौं । भारतका  ऊर्जा तथा आवास मामिला मन्त्री मनोहर लाल खट्टरले नेपालका  प्रधानमन्त्री  के.पी. शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

बिहिबार भएको भेटमा दुई नेताहरूले भारत र नेपाल बीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल गरेका हुन् । विशेषगरी, उनीहरूले ऊर्जा क्षेत्रमा दुई देशबीचको सहकार्यलाई कसरी अझ बलियो बनाउन सकिन्छ भन्ने बारेमा विचारविमर्श गरेको भारतीय दूतावासले एक्समार्फत जनाएको छ ।

दूतावासका अनुसार भेटवार्तामा दुवै पक्षले आपसी हित र सहकार्यका क्षेत्रहरू पहिचान गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उक्त  भेटले नेपाल र भारतबीचको सम्बन्धलाई अझ उचाईमा पुर्‍याउन मद्दत गर्ने विश्वास लिइएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved