भारतका ऊर्जामन्त्री खट्टरले भेटे उपप्रधानमन्त्री सिंह

नेपालभ्युज

भारतका ऊर्जामन्त्री खट्टरले भेटे उपप्रधानमन्त्री सिंह

काठमाडौं । भारतका ऊर्जा तथा आवास मामिला मन्त्री मनोहर लाल खट्टरले नेपालका उपप्रधान तथा शहरी विकास मन्त्री  प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन्।

भेटवार्तामा दुवै नेताहरूले दिगो शहरी विकास र पूर्वाधार विकासमा दुई देशबीच कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको बताइएको छ।

उनीहरूले शहरी विकासका विभिन्न पक्षहरूमा आपसी अनुभव आदानप्रदान गर्नुका साथै भविष्यमा सहकार्यका सम्भावित क्षेत्रहरू पहिचान गर्ने बारेमा पनि छलफल गरेको भारतीय राजदूतावासले एक्समार्फत जनाएको छ ।

उक्त भेटले नेपाल र भारतबीचको शहरी विकास र पूर्वाधार विकासको क्षेत्रमा सहकार्यलाई थप बलियो बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved