पूर्वपश्चिम राजमार्ग भासियो, यातायात अवरुद्ध

नेपालभ्युज

पूर्वपश्चिम राजमार्ग भासियो, यातायात अवरुद्ध
फाइल फोटो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा सडक भासिँदा यातायात अवरुद्ध भएको छ । साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजे तिर गैँडाकोट थुम्सीको जङ्गलमा सडक भासिएको हो ।

सडक भासिएसँगै नारायणगढ तर्फ आउने र बुटवल जाने सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

निर्माणाधीन सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो ।

अवरुद्ध सडकमा ट्रक फसेकाले त्यसलाई हटाउने प्रयास भइरहेको छ । यसैबीच, भासिएको सडकमा बस रोक्न अचानक ब्रेक लगाउदा बसमा सवार ९ जना घाइते भएका छन् । बस पूर्व आउँदै थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved