एजेन्सी । भारतीय गायक तथा र्यापर सिद्धु मुसेवालाको दिनदहाडै गोली हानी हत्या गरिएको थियो । जो एकदमै कम उमेरमा चर्चित पञ्जाबी गायक बनेका थिए । उनको जीवनका केही कुराहरू थिए जो विवादका विषय बनेका थिए ।
सिद्धुले बन्दुक चलाउँदै गरेको भिडियो भाइरल भएको थियो । त्यसपछि उनी समस्याहरूको घेरामा परेका थिए ।
त्यस्तै, अर्को विवादमा उनका गीतमा ‘वार्निंग शट्स’ र ‘सो हाई’ को कारणले सिद्धुमाथि हिंसालाई बढावा दिएको आरोप लागेको थियो । उनको गीत ‘जट्टी जियोन मोर वरगी’ मा सिखका शहीद माई भागोका बारेमा बताइएको थियो ।
त्यस्तै, सिद्धुमाथि हिंसा, धम्की र गुटहरूका बीच दुश्मनी बढाउने आरोप समेत लगाइएको थियो । उनविरूद्ध भारतको कानुन आईपीसीका धारा ५०९, १४९ र २९४ भित्र रहेर मुद्दा दर्ता भएका थिए ।
त्यस्तै, उनले आफ्नो गीत ‘संजु’ मा आफ्नो विरूद्ध दर्ता गरिएका मुद्दाका बारेमा चर्चा गरेर प्रशासनको ध्यान तान्ने कोसिस गरेका थिए ।
साथै, उनको केही पञ्जाबी कलाकारहरूसँग पनि दुश्मनी थियो । उनको हत्या पनि एकदमै विवादमा रह्यो । सिद्धुमाथि २९ मई सन् २०२२ मा गोली हानी हत्या गरिएको थियो ।
Facebook Comment
Comment