काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले कार्यकर्तालाई वितरण गर्नेगरी ३ खर्ब ३० अर्ब पुँजीगत खर्च बजेटमा ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा समावेश गरेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले सरकारले ३ खर्ब ३० अर्ब पुँजीगत खर्च बजेटमा चार मन्त्रालयमा मात्रै ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राखेको बताए ।
५५ अर्बको सबै बजेट उपभोक्ताको नाममा बजेट राख्ने पार्टीका कार्यकर्ताले खर्च गर्ने उनको दाबी छ । महतले ५५ अर्ब राज्यको रकम पार्टीका कार्यकर्तामार्फत् अधिकांश रकम दुरुपयोग हुने बताए ।
सरकारले प्रतिबद्धता अनुसार ३ करोड भन्दा तलका आयोजनामा बजेट वितरण गरिएको महतले बताए । प्रधानमन्त्रीले बोल्ने मात्रै र कार्यान्वयन नगर्ने गरेको उल्लेख उनको भनाइ छ ।
Facebook Comment
Comment