काठमाडौं । चिकित्सा शिक्षा आयोगले दुर्गा प्रसाईंको झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ ।
आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको हो ।
१२ चैतमा सर्वोच्च अदालतले दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो ।
आयोगका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले बीएण्डसीलाई सम्बन्धन दिनुपर्ने तर्क राखेपछि सहमति जनाइएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
बैठकमा आयोगका सहअध्यक्षहरु स्वास्थ्य तथा जनससंख्या मन्त्री प्रदीप यादव र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पनि सहभागी थिए ।
Facebook Comment
Comment