काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टी संसदीय दलका प्रमुख सचेतक अम्बिका काफ्लेले विज्ञप्ति जारी गर्दै आजका मिति देखि नै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन् । पार्टीको निर्णय अनुसार जसपाले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
पार्टीका सांसद अहिर र आदेश अग्रवालले भने अशोक राई नेतृत्वको जसपा रोजेका थिए । अहिर प्रदेश सरकारका कृषि मन्त्री छन् । दल परिवर्तनबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
जसपा नेपालले समर्थन फिर्ता लिएपनि सरकार भने अल्पमतमा परेको छैन ।
केन्द्रमा प्रतिपक्षमा रहेको जसपाले प्रदेशमा पनि प्रतिपक्षी बेञ्च रोजेको हो ।
माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरालाई एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४ जसपाका २, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसद गरी ४७ जनाको समर्थन कायम छ ।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद भए पुग्छ ।
![](https://www.nepalviews.com/wp-content/uploads/2024/06/jasapa.gif)
Facebook Comment
Comment